फाइनलमा नेपालले पायो १७३ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले १७३ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जोड्यो ।

वेस्ट इन्डिजका एलिक एथानजेले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । २९ बल खेलेका उनले १ चौका ३ छक्का प्रहार गरे ।

२३ बल खेलेका कप्तान रोस्टन चेल्सले ५ चौकासहित ३३ रन बनाए ।

यस्तै, जोनसन चार्ल्स २४, म्याथ्यू फोर्डे २३ रनमा आउट हुँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सोमपालले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । २ ओभर बलिङ गरेका सागरले भने ३ विकेट लिएर १७ रन खर्चिए ।

यस्तै, अविनाश बोहराले १ विकेट लिए ।

यस शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *