नवराज विकको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । ‘कथित माथिल्लाे जातकी  युवतीसँग प्रेम गरेको भन्दै गतवर्ष रुकुममा हत्या गरिएका’ नवराज विकको सम्झनामा आइतबार काठमाडाैं, गोकर्णेश्वरको जोरपाटीमा दीप प्रज्ज्वलन गरिएको छ ।

जोरपाटीका दलित युवा अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता बुद्वराज रिसालको संयोजकत्वमा सञ्चालित कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगर प्रवक्ता मनोज ढुंगाना, वडा अध्यक्ष रमेश अर्याललगायत मानव अधिकार तथा शान्ती समाजका पूर्व सभापति उत्तम पुडासैनीसहित दलित अभियान्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दलित अधिकारसम्बन्धी विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *