संवैधानिक निकायहरुमा नियुक्त पदाधिकारीलाई पद अस्वीकार गर्न युवाको अपिल

काठमाडाैँ । गलत कामविरुद्ध सामाजिक सञ्जालमा खबरदारी गर्दै आएका युवाहरुले विभिन्न संवैधानिक आयोगमा नियुक्त पदाधिकारीहरुलाई पद अस्वीकार गर्न अपिल गरेका छन् । संविधान मिचेर गरिएको अवैधानिक कदमको मतियार नहुन आग्रह गर्दै उनीहरुले  नियुक्ति पाउने  २० जनालाई पद अस्वीकार  गरि नैतिकता प्रदर्शन गर्न अपिल गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक एवं प्रतिगमन उन्मुख कदमहरू एकपछि अर्को बढिरहेको तथा अदालतले त्यस्ता कदमहरूलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट रोकिइरहेको अवस्थामा बिहीबार संवैधानिक आयोगमा भएको नियुक्तिको हामी घोर भत्सर्ना गर्दछौं । संवैधानिक निकायजस्तो राज्यको महत्वपूर्ण निकायमा हुने नियुक्तिको आम स्विकार्यता हुन आवश्यक छ ।’

अपिलमा भनिएको छ- ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक एवं प्रतिगमन उन्मुख कदमहरु एकपछि अर्को बढिरहेको तथा सम्माननीय अदालतले त्यस्ता कदमहरुको वैधानिकतालाई निरन्तर असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट रोकिइरहेको अवस्थामा आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा विभिन्न संवैधानिक आयोगमा गर्नु भएको नियुक्तिको हामी घोर भर्त्सना गर्दछौँ ।’

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा बिहीवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग लगायत सैवैधानिक निकायमा २० जनालाई नियुक्त गरेकी हुन् । यसरी नियुक्त हुनुपर्ने पदािधकारीकाे संसदीय सुनुवाई अनिवार्य भएपनि अहिले प्रतिनिधिसभा विघटन गरिएकाले  उनीहरुकाे सुनुवाइ नगरि नियुक्ति गरिएको हो ।

अपिल गर्नेहरूमा विश्वदीप लामिछाने, च्यवन घिमिरे, धिरज कोइराला, देवेन्द्र बर्मा, शिव चालिसे, एलिजा ढकाल, ज्योती बोगटी थापा, रमिता अधिकारी, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, बुद्धराज रिसाल, हेमन्त बन, तारा गौतम, रमिला महत, राजन कटुवाल(केसि), राविश शर्मा, सुबास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइटेल, शिबु श्रेष्ठ, गोबिन्द बानियाँ, विश्वास द्विवेदी, आत्मराम अतकुल्य, सुरेस अधिकारी, अशु शर्मा,सरोज बस्‍नेत,बिपि कोइराला, लक्ष्मण सापकोटा र प्रकाश भण्डारी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *