राष्ट्रपति कार्यालयद्वारा सूचना दिन आनाकानी, सूचना अधिकारीलाई कारबाहीको माग

काठमाडाैं ।  राष्ट्रपति कार्यालयले सूचनाको हकअन्तर्गत माग गरिएको सूचना दिन आनाकानी गरेको छ । भक्तपुरको सूर्यविनायकका शशीविक्रम कार्कीले ‘व्यक्तिगत प्रयोजन तथा सुशासन प्रवर्धनको लागि’ माग गरेको सूचना दिन राष्ट्रपति कार्यालयले आनाकानी गरेको हो ।

जेठ ९ गते सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम इमेलमार्फत् सूचना माग गरिएकोमा राष्ट्रपति कार्यालयले सूचना माग गर्नुको कारण स्पष्ट नभएको भन्दै सूचना दिन अस्वीकार गरेको कार्कीले जानकारी दिए ।

कार्कीले गत जेठ ७ गते नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको लागि केपी शर्मा ओलीले पेस गरेको निवेदन र सो निवेदनसँग संलग्न गरिएको कागजातको प्रतिलिपि, सोही दिन शेरबहादुर देउवाले पेश गरेका निवेदन र संलग्न गरिएको कागजातको प्रतिलिपि पाऊँ भनी निवेदन दिएका थिए ।

यस्तै ओली र देउवाको दाबी खारेज गरेको समय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट प्रतिनिधिसभा विघटनको सिफारिससम्बन्धि पत्र प्राप्त भएको समय, जनता समाजवादी पार्टीको तर्फबाट हस्ताक्षर मान्यता नदिने विषयको पत्र प्राप्त भएको समय, नेकपा (एमाले)को तर्फबाट हस्ताक्षर मान्यता नदिने विषयको पत्र प्राप्त भएको समयको सूचना पनि कार्कीले माग गरेका थिए ।

धारा ७६ (२) प्रधानमन्त्री नियुक्त हुन प्रस्तुत गर्नुपर्ने प्रमाणहरु र ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुन प्रस्तुत गर्न पर्ने प्रमाणहरु मागेका थिए ।

No description available.

तर राष्ट्रपति कार्यालयले सूचना प्राप्त गर्नुपर्ने कारण निवेदनमा स्पष्ट खुलाएको नदेखिएकाले हुँदा यसमा थप कारवाही गर्न असमर्थ रहेको जनाएको छ । सूचना अधिकारी अर्चना खड्काले उक्त ब्यहोराको पत्र निवेदनक कार्कीलाई पठाएकी हुन् ।

No description available. 

कार्कीले सूचनाको माग र सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कानून बमोजिम कारबाहीको माग गर्दै पुनः निवेदन दिएका छन् । उनले प्रक्रिया पुर्याएर माग गरिएको सूचना किन नपाउने ? भन्दै सूचना प्राप्त गर्न कुनै शुल्क लाग्ने भए आफू तिर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

No description available.
No description available.

No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =