सरकारका प्रवक्ता भन्छन्- बजेटमा कमेन्ट गर्ने स्पेस छैन

काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले चालू आर्थिक वर्षको बजेटमा कमेन्ट गर्ने स्पेस नै नभएको बताएका छन् । यसअघि बसेको मन्त्रीपरिषद्ले गरेको निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता गुरुङले यस्तो बताएका हुन् । प्रवक्ता गुरुङले भने— ‘विपक्षी गठबन्धनका साथीहरुले विज्ञप्ति जारी गर्नुभयो । उहाँहरुले कमेन्ट गर्ने ठाउँ नै पाउनुभएनछ । यसो हेरेको, विज्ञप्तिमा बजेटको विरोध गरिएको छैन ।’

बजेटको सबैले तारिफ गरेकोसमेत प्रवक्ता गुरुङले बताए । भने— ‘आव ०७८/७९ को बजेटको सबै क्षेत्र र सबै विज्ञले तारिफ गर्नुभएको छ ।’ विपक्षी दलहरुले बजेटलाई लिएर जबरजस्ती आलोचना गरेको आरोपसमेत प्रवक्ता गुरुङको छ । ‘विपक्षी गठबन्धनका साथीहरुले जबरजस्ती बजेटप्रति प्रश्न उठाउनुभएको छ । यस्तोमा उहाँहरुमा भाव शून्यता देखिएकोप्रति दुःख पनि लागेको छ ।’

चुरे निकासीबारे अनर्गल प्रचार गरिएकोसमेत प्रवक्ता गुरुङले बताए । भने— ‘भ्रमको पछाडि नलाग्नु नै ठिक हुन्छ । यसको कतिपय मिडियाले अनर्गल प्रचार गरेको पाइएको छ । खासमा कुरा त्यसो होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *