पशुपतिमा उज्वलको अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं । नेपालमा वैकल्पिक राजनीतिका अगुवा तथा विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा मंगलबार बेलुका उनको अन्त्येष्टि गरिएको हो । स्वर्गीय थापालाई रन्जु दर्शना र आलोक सुवेदीले संयुक्त रुपमा दागबत्ती दिएका छन् ।

कोभिड संक्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार ४:२५ बजे निधन भएको अस्पताले पुष्टि गरेको थियो । गम्भीर बिरामी रहेका उनको उपचारमा इसीएमओ प्रविधी प्रयोग गरिएको थियो ।

कोभिड संक्रमण देखिएपछि उनी ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । तर भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि खास सुधार नभएपछि ईसीएमओका लागि मेडिसिटी लगिएको थियो ।

नेपालमा वैकल्पिक राजनीतिको अगुवाई गरेका थापा गएको चुनाबमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार पनि बनेका थिए ।

उनको उपचारका लागि देशविदेशमा रहेका उनका शुभचिन्तकले रकम संकलन गरेका थिए । २४ घण्टामा करिब ५० लाख रुपैया जम्मा भएपछि रकम संकलन कार्य बन्द गरिएको थियो ।

अन्तेष्टिका तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *