धवलशम्शेर भन्छन्- ‘महामारीका बेला भोट हाल्न जान्न’

काठमाडौँ । बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कोभिड-१९ महामारीका बेला भोट हाल्न नजाने घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा उपनिर्वाचन जारी छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।

याे पनि : लुम्बिनीमा मतदान जारी, नतिजा भर्चुअल माध्यमबाट

मेयर राणाले उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् । ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद !’ उनले भनेका छन् ।

त्यहाँ राप्रपाको जम्मा दुई भोट छ । एउटा धवलशम्शेरको र अर्को रुपन्देहीको रोहिणी गाउँपालिकाको उपाध्यक्षको छन् । उपाध्यक्षले भने भोट दिन नदिने टुँगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *