खप्तड स्वामी युवा क्लबद्वारा स्वास्थ्य सामग्री वितरण

५ हजार थान मास्क र ५ लिटर सेनिटाइजर गरी २० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो

काठमाडौं । बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्बर १ स्थित खप्तड स्वामी युवा क्लबले स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको जोमिख न्यूनीकरणका लागि आइतबार क्लबले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

साविकको काँडा गाविसको वडा नम्बर १ देखि ९ सम्म सर्जिकल मास्क र सेनिटाइजर वितरण गरिएको क्लबका अध्यक्ष कुलबहादुर रावलले जानकारी दिए । उनका अनुसार प्रत्येक घरमा गएर ५ हजार मास्क र ५ लिटर सेनिटाइजर वितरण गरिएको हो । घरका साथै पसल तथा प्रहरी चौकी, स्वास्थ्य चौकी र वडा कार्यालयमा पनि स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष रावलले बताए ।

महामारीका बेला सबैले आ-आफ्नो ठाउँबाट सुरक्षित सक्दो सहयोग गर्नुपर्ने अध्यक्ष रावलको भनाई छ । ‘यो महामारीको समय छ, हामीले आफू सुरक्षित रहँदै सचेतना फैलाउन आवश्यक छ,’ उनले भने, ‘अरुका लागि भन्दापनि आफ्नै लागि सामाजिक कार्य गर्नुपर्छ । हामीले पनि सकेको सहयोग गरेका छौं ।’

देउसी भैलो खेलेर संकलन भएको रकमबाट २० हजार बराबर स्वास्थ्य सामग्री वितरण गरिएको हो । ‘गाउँ बाहिरबाट आएको व्यक्त पनि क्यारेनटाइनमा नसकेको पाइयो,’ अध्यक्ष रावलले भने, ‘यसले संक्रमण फैलिन गएर गाउँनै जोखिमा पर्नसक्ने भएकाले सचेत हुन पनि आग्रह गरेका छौं ।’

महामारीका बेला सबैले सहयोग र सचेतना फैलाउन आवश्यक रहेको महसुस गरेर स्वास्थ्य सामग्री वितरण गरिएको क्लबका संयोजक भीम रावलले बताए । ‘सानो सानो सहयोग र सचेतनाले पनि कोरोना जोमिखबाट बच्न ठूलो मदत गर्छ,’ उनले भने, ‘हामीले पनि युवाहरु एकजुट हुनुपर्छ भन्ने उदेश्यका साथ स्वास्थ्य सामग्री वितरण गरेका हौं ।’

सल्लाहकार राजकुमार रावलको सक्रियतामा धर्म रावल, शिवराज, लोक, तेज, दिपक, बिक्रम, निरज रावललगायतले सबै टोल र घर-घरमा गएर मास्क र सेनिटाइजर वितरण गरेका हुन् । २०७० सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । युवाहरुको यो सकारात्मक कार्यबाट सबै समाजका अगुवाले पाठ सिक्दै सामाजिक काममा ऐक्वद्धता जनाउन आवश्यक छ ।

प्रतिक्रिया

One thought on “खप्तड स्वामी युवा क्लबद्वारा स्वास्थ्य सामग्री वितरण

  1. हाम्रो सानो कार्य लाई मकालु खबर मा लेखेर हामीलाई हौसला दिने अंकल निर्प रावल ज्यू लाइ हार्दिक धन्यबाद अंकल ❤️❤️❤️❤️❤️❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *