अब मोबाइल वालेटमा पनि सेलपेको सेवा

काठमाडौं । सेलपेको सेवा अब मोबाइल वालेटमा समेत प्रयोग गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकहरुको माग अनुसार सेलपे सेवा वालेट मार्फत लिन सकिने बनाएको हो ।

यससँगै सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि प्रयोग गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरी कारोबार गर्न सक्नेछन् ।

यसै उपलक्ष्यमा सेलपेले आफ्नो नया यूआई पनि सार्वजनिक गरेको छ । जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न फिचरहरु ल्याइएको छ ।

साथै सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सकिनेछ । सेलपे सेवाले ग्राहकहरुका लागि “मेरो वालेट सेलपे वालेट” योजना समेत ल्याएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोबाइल टपअप र टिभी महशुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, इण्टरनेटको महशुलमा १.५ प्रतिशत क्यासब्याक, ११ रुपैयाँमा नेपाल टेलकिमको अनलिमिटेड डेटा प्याक, २१ रुपैयाँमा एनसेलको एक दिने अनलिमिटेड डेटा प्याक प्राप्त गर्न सकिनेछ ।

साथै वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसङ एस २१ अल्ट्रा जित्ने मौका पनि पाउन सक्नुहुनेछ । यो योजना जेष्ठ १३ गते देखि असार १२ सम्म लागु हुने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिनेछ ।

सेलपेमार्फत विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इण्टरनेट आदिको महशुल भुक्तानी गर्न सकिन्छ । विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरको सुविधा पनि यसमा रहेको छ ।

त्यस्तै, पी टु पी (व्यक्तिले व्यक्तिलाई गर्ने भुक्तानी), पी टु बी (व्यक्तिले व्यावसायलाई गर्ने भुक्तानी), बी टु पी (व्यवसायले व्यक्तिलाई गर्ने भुक्तानी) र बी टु बी (एउटा व्यवसायले अर्को व्यवसायलाई गर्ने भुक्तानी) आदि रियल टाइम अर्थात वास्तविक समयमा गर्न सकिन्छ ।

यो सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुने बताइएको छ । सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे एप गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

सेलपेको मोबाइल वालेट डाउनलोड गर्न आईओएसका लागि यहाँ, प्ले स्टोरका लागि यहाँ र ह्वावे एप ग्यालरीका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *