अन्तरिम आदेश माग गरिएका सबै रिट प्रधानन्यायाधीसकाे एकल इजलासमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न तथा मध्यावधि निर्वाचन बदर गर्न अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासमा हुने भएको छ । सबै रिटको सुनुवाईका लागि राणाले आफ्नै एकल इजलास तोकेका हुन् ।

१९ रिटमा आजदेखि सुनुवाइ शुरु हुनेछ । १९ मध्ये केहीमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने र तोकिएको समयमा निर्वाचन हुनुपर्ने माग गरिएका रिटहरु पनि छन् ।

विपक्षी दलहरूसहितको गठबन्धनले पनि १४६ सांसदको हस्ताक्षरसहित संसद् पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ । याे र सहितका अरु रिट निवेदन भने शुक्रबार मात्र सुनुवाइ हुनेछ । ती रिटमा संवैधानिक इजलास माग गरिएकाे छ ।

देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

त्यसाे गरिनु असंवैधानिक भएकाे दाबी गर्दै कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्चमा गएका हुन् । देउवाकाे पक्षमा समर्थन रहेकाे भन्दै सांसदहरु सर्वाेच्च अदालतमै पुगेर हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =