उपत्यकाका प्रजिअको बैठक, निषेधाज्ञा लम्बिने

काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । जारी निषेधाज्ञा लम्ब्याउनेबारे आवश्यक छलफल गर्न बैठक बस्न लागिएको हो ।

गत वैशाख १६ गतेदेखि लागू निषेधाज्ञाको अवधि यहि १३ गते सकिदैछ । कोभिड-१९ को संक्रमण अझै मत्थर नभएकाले केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘अबको एक साता प्रभावकारी रुपमा निषेधाज्ञा गर्दा कोरोनाको चेन ब्रेक हुन्छ कि भन्ने लागेको छ’ उनले भने ।

प्रजिअ पराजुलीका अनुसार बैठकमा, सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल हुनेछ ।

यो पनि : आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद र पाँच लाख जरिवाना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =