विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । सम्मेलन दिउँसो १२:३० बजे सरकारी निवास बालुवाटारमा हुँदैछ ।

नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई बताएअनुसार प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक स्थितिबारे सम्मेलनमा ब्रिफिङ्ग गर्नेछन् ।

प्रधानमन्त्रीले राजीनामा गर्ने प्रयोजनका साथ सम्मेलन गर्न लाग्नुभएको हो ? भन्ने जिज्ञासामा नेम्वाङ्गको जवाफ छ— ‘प्रधानमन्त्री त्यो मनस्थितिमा हुनुहुन्न, जतिबेलासम्म अर्को सरकार बन्ने स्थिति बन्दैन अथवा जतिबेलासम्म सरकारको दाबी हुँदैन पर्खेर बस्ने भन्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =