बोलायो बैठक

कांग्रेसले भन्यो- राष्ट्रपति कार्यालयको विज्ञप्ति अलोकतान्त्रिक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अलोकतान्त्रिक भएको बताएको छ । कांग्रेसले नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधानविपरीत र अलोकतान्त्रिक भएको बताएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७८ जेठ ६ गते सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५)बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक छ ।’

यस सम्बन्धमा थप छलफल गरी आवश्यक निर्णय गर्न कांग्रेसले पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बोलाएको छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।

थप पढ्नुस् :-

सरकारले संसद विघटन गर्न खोजेको कांग्रेस नेता पाैडेलकाे आराेप
कांग्रेस प्रवक्ता शर्माको प्रश्न-राष्ट्रपति भवनमा राष्ट्रपति कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ ?
गगन भन्छन्- प्रधानमन्त्री र राष्ट्रपति दुबैलाई विदा गरौं

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =