ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

खोटाङ । खोटाङ भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा बिहान भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको हो ।

सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी–४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टरका चालक र सह–चालक घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =