शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा साढे ३ करोडको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । कोभिड-१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् ।
दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ हरुलाई हस्तानान्तरण गरिसकेको जनाएको छ ।
शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रंपक्तिमा खटिएका दुई समाजिक संस्था मार्फत केही सामाग्री हस्तान्तरण गरिसकेका छन् भने केही समाग्री एक-दुई दिनमै हस्तान्तरण गर्ने भएकाे हाे ।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए । उनीहरुले यस मानविय संकटमा अधुरा र उधारो बाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तीका लागि आफूहरु सक्रिय रहेको उनकाे भनाइ छ ।








