सुरक्षा भन्छिन्- अर्को भागमा काम गर्दिन

काठमाडौँ । सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय रहेको छोटो चलचित्र ‘मनबार’ विवादमा आएको छ । यो चलचित्र भारतीय चलचित्र नामर्दको हुबहु कपी रहेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

यहीबीच चलचित्रकी अभिनेत्री सुरक्षाले आफूबाट अनजानमा गल्ती भएको स्वीकारेकी छन् । साथै उनले यसको अर्को भागमा उनले काम नगर्ने निर्णय गरेकी छन् । उनले फेसबुकमार्फत भनेकी छन्, ‘व्यक्तिगत रूपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हु म । त्यसैले अनविज्ञ भई यस माहौलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *