जसपाको कुनै बैठक डाकिएको छैन : ठाकुर

काठमाडौं । जनता मसाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालय, बालकुमारीमा कुनै बैठक नडाकिएको बताएका छन् ।

शनिवार विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले भनेका छन्– ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको ब्यहोरा सम्बन्धिन सबैलाई स्पष्ट गरिन्छ ।’

यसअघि डा. बाबुराम भट्टराई–राजेन्द्र महतोपक्षीय जसपाले दिउँसो १ बजेका लागि कार्यकारिणी समितिको बैठक डाकेको थियो ।  ‘समसामयिक विषयमा छलफल गर्नेगरी बैठक डाकिएको हो,’ जसपा सांसद रेनुकुमारी यादवले मकालु खबरसँग भनेकी थिइन् ।

बैठक अहिले जारी छ । शुक्रवार महन्थ–राजेन्द्र महतो पक्षका सांसदहरुले महतोलाई दलको नेतामा चनय गरेपछि जसपाभित्र विवाद चुलिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *