सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुट-उपगुट अन्त्य भयोः असिम शाह

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन् ।

रास्वपाको महाधिवेशनस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीमा कुनै गुट उपगुट छैन भने ।

उनले भने ‘सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।’ उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए ।

उनले थपे ‘पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।’

संविधान संशोधन कार्यदलको संयोजक रहेका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताए ।

उनले भने ‘दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =