रास्वपा महाधिवेशन

निर्वाचन आयोगद्वारा संशोधित चुनावी कार्यतालिका सार्वजनिक, आजै मतदान हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिकाको चौथो संशोधनसहितको नयाँ तालिका सार्वजनिक गरेको छ ।

संशोधित तालिकाअनुसार बेलुकी ८ः३० बजेदेखि केन्द्रीय सदस्यहरू चयनका लागि पहिलो चरणको मतदान सुरु हुनेछ ।

संशोधित कार्यतालिकाअनुसार असार ९ गते नै पार्टी सभापति तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मनोनयन फारम वितरण र दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।

आज दिउँसो साढे ३ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगकाअनुसार बेलुका ६ः४५ बजेदेखि मौन अवधि सुरु हुनेछ । यस अवधिमा कुनैपनि प्रकारको प्रचारप्रसार वा प्रभाव पार्ने गतिविधि गर्न पाइनेछैन ।

पहिलो चरणको मतदान बेलुका साढे ८ बजे महाधिवेशन स्थलमै तोकिएका बुथहरूमा सुरु हुने बताइएको छ । मतदान सकिएको २ घण्टाभित्रै मतगणना सुरु गरी परिणाम घोषणा गरिने बताइएको छ ।

रास्वपा वृत्तमा यस महाधिवेशन र निर्वाचनलाई नयाँ वैकल्पिक राजनीतिक संस्कारको रूपमा व्याख्या गरिएको छ । आधुनिक प्रविधिको प्रयोग र द्रुत मत गणना प्रणाली मार्फत परिणाम सार्वजनिक गरिने आयोगले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =