रास्वपाको महाधिवेशन

केन्द्रीय समिति निर्वाचन: बुधवार राति साढे १०:३० बजेदेखि बिहीबार बिहान १० बजेसम्म हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने केन्द्रीय समिति निर्वाचनको मतदान बुधवार राति साढे १०: ३० बजेदेखि सुरु भएर भोलि बिहान १० बजेसम्म सञ्चालन हुने भएको छ । यसअघि १० बजेदेखि निर्वाचन हुने भनिएको थियो ।

निर्धारित समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आयोगले सबै प्रतिनिधिहरूलाई तोकिएको समयभित्र आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =