भट्टराई–यादवपक्षीय जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुाराम भट्टराई र उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको छ । समितिकी सदस्य रेनुकुमारी यादवले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठक पार्टी कार्यालय, बालकुमारीमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल यावदको भनाइ छ । ‘खासगरी पछिल्लो समय देखिएको राजनीतिक दृश्यबारे छलफल हुने कार्यसूची छ,’ यादवले भनेकी छन् ।

पछिल्लो समय पार्टीभित्र भट्टराई–यादव पक्ष र महन्थ ठाकुर—राजेन्द्र महतो पक्षबीच संघर्ष चलिरहेको छ । यसैबीच हिजो जसपाका ठाकुर–महतो पक्षधर सांसदले महतोलाई पार्टीको संसदीय दलको नेता चयन गरेका थिए । सोबारे पनि छलफल हुने बुझिएको छ । यता ठाकुर–महतोपक्षीय जसपा भने बैठकमा उपस्थित हुने सम्भावना कम छ ।

भट्टराई–यादव पक्षले आफूसँग स्पष्ट बहुमत भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *