नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने, संसदमा उपस्थित नहुने
मकालु खबर
२०७८ वैशाख २७ गते
काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको यो पक्षका सांसदहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ओलीलाई विश्वासको मत पनि नदिने र अहिल्यै राजीनामा पनि नदिने निर्णय भएको उनले बताए ।
नेपाल खनाल पक्षले आफ्ना माग पूरा गर्न सोमबार विहानसम्मको समय दिएपनि ओलीले ती माग पूरा गर्न कु्नै पहल नगरेकाले विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगिएको सांसदहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् । एमालेले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्वीप जारी गरिसकेको छ ।
मकालु खबर
२०७८ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित