प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी अघि बढ्छौँ : एमाले

कठमाडौं । बिहीबार सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत प्राप्त गर्नेगरी अगाडि बढ्ने निर्णय गरेको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दिएको जानकारीअनुसार बैठकले प्रधानमन्त्रीको जितको सुनिश्चितता गर्नेगरी अगाडि बढ्ने निर्णय गरेको हो ।

‘विश्वासको मत कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरामा छलफल भयो,’ प्रवक्ता ज्ञवालीले भने– ‘यसका बारेमा पार्टीमा अझै पनि छलफल भइनैरहेका छन् । यसमा अन्य दलहरुसँग विभिन्न चरणमा छलफल गर्नेबारे बैठकमा छलफल भयो ।’

यस्तै बैठकले बागमती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यको जितको सुनिश्चितताको विषयमा समेत छलफल गरेको छ । ज्ञवालीले भने– ‘बैठकमा बागमती प्रदेशबाट निर्वाचित हुने सदस्यको जितको सुनिश्चितताको विषयमा छलफल भयो ।’

प्रतिक्रिया