विश्वासको मत दिनुस् : ओली, दिन सक्दैनौँ : देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् । प्रधानमन्त्री ओली बुधवार कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठ पुगेर विश्वासको मत मागेका हुन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण मतहकाअनुसार भेटमा प्रधानमन्त्रीले ओलीले विश्वासको मत मागेका थिए । ‘मलाई विश्वासको मत दिनुस्,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै महतले भने– ‘हामीले दिँदैनौँ भन्यौँ । हामी समर्थन गर्न सक्दैनौँ र पहिले लोकतन्त्रको लागि अडिग रहनस् भन्यौँ ।’

भेटका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसद्ले नयाँ सरकार दिने सम्भावना नरहेकाले ‘मिलेर जान’ प्रस्ताव गरेका थिए । तर, जवाफमा कांग्रेसले एमाले लोकतन्त्रभन्दा बाहिर रहेको अभिव्यक्ति दिएको थियो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया