गीतमार्फत् चेतना फैलाउँदै हरिवंश

काठमाडौं । हरिवंश आचार्यले कोरोना महामारीको समयमा सन्देशमूलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरूलाई पनि बचाउन सन्देश दिएको छ ।

‘अर्को जुनी खै कुन्नि’ गीत मार्फत् कोरोनाबाट बच्नका लागि उनले सबैलाई सजग हुन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा मन पराइएको यो गीत मार्फत् विषम परिस्थितिमा एक कलाकार भएको नाताले कोरोनासम्बन्धी जनचेतना जगाएको भन्दै हरिवंशको प्रशंसा गरेका छन् ।

गतवर्ष आफैँ कोरोना संक्रमित भएका हरिवंशले कोरोनालाई सामान्य रूपमा नलिन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया