ओलीइङ्गित झाँक्रीको आक्रोश– ‘हामी त डुब्छौँ नै, तिमीलाई पनि लिएरै डुब्छौँ’

काठमाडौं । विपक्षी एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई डुब्नुबाट जोगिन किनारा खोज्न आग्रह गरेकी छन् । बुधवार अध्यक्ष ओलीइङ्गित ट्वीट् गर्दै नेतृ झाँक्रीले भनेकी छन्– ‘यदी तिम्रो सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’

ओलीलाई सकेरै आफूहरु सकिने नेतृ झाँक्रीको संकल्प छ । हिन्दी कहावतको सन्दर्भ जोड्दै नेतृ झाँक्रीले लेखेकी छन्– ‘हामी त डुब्छौँ नै, हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि नेपाली राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको छ । यस्तो अवस्थामा विपक्षी एमालेले सामूहिक राजीनामा दिने मनस्थिति बनाइरहँदा नेतृ झाँक्रीले यस्तो उल्लेख गरेकी हुन् ।

https://www.facebook.com/jhakri.rk/posts/10158194872520814

 

प्रतिक्रिया