राष्ट्रपतिद्वारा गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पाैडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले आजै गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

शेरचन र त्रिपाठी दुवैजना माओवादी केन्द्रनिकट हुन् ।

प्रतिक्रिया