४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी (हस्ताक्षरसहित)

काठमाडौं । माओवादी केन्द्रका नेता कूलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

आइतवार माओवादी केन्द्रसँगै, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदले दाबी पेश गर्दै पत्र बुझाएका हुन् । उनीहरुले शंकर पोखरेल बहुमत सदस्यको हैसियतमा मुख्यमन्त्री बन्न नसकने ढिपीसमेत गरेका छन् ।

माओवादी केन्दका २ र जसपाका ४ सांसद कारबाहीमा परेसँगै ८१ सदस्यीय बनेको प्रदेश सभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमलाकुमारी खत्री माओवादी केन्द्रतिर लागेपछि एमालेको पक्षमा ४० सांसद मात्रै भएका थिए ।

यस्तै यता द्वयसांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि हस्ताक्षर गरेका छन् । यसपछि पोखरेलको पक्षमा ३९ सांसद मात्रै देखिन्छन् भने विपक्षीमा ४२ सांसद भएका छन् । उनीहरु दुवैजना सूर्य चिन्हबाट चुनाव जितेका हुन् ।

उनीहरू हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहबाट आएका हुन् । यद्यपि उनीहरुले आफूलाई स्वतन्त्र राजनीतिक समूहबाट आएको बताउँदै आएका छन् ।

प्रतिक्रिया