‘एमसीसीलाई जोडेर कुनै सम्झौता भएको छैन’ (भिडिओसहित)

कठमाडौं । नेपाली कांग्रेसका सभपाति शेरबहादुरउ देउवाले एमसीसीलाई जोडेर कुनै सम्झौता नभएको बताएका छन् । शुक्रवार बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै सभापति देउवाले यसबारे प्रष्ट पारेका हुन् । ‘एमसीसीलाई जोडेर कुनै पनि सम्झौता भएको छैन,’ सभापति देउवाले भने– ‘यो बाहिरी फिँजाइएको अफवाह मात्रै हो ।’

यसअघि सञ्चारमाध्यममा देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसीको संकल्प गरी सहमति भएको समाचारहरु आएका थिए । उक्त समाचारबारे प्रष्ट पार्दै देउवाले पत्रकारलाई चुनौतीसमेत दिए । देउवाले भने– ‘सक्नुहुन्छ भने प्रमाण ल्याउनुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजिरहेका दुई दल कांग्रेस–माओवादीबीच एमसीसी सम्झौता पारित गर्ने मध्यमार्गी बाटो खोजेको सन्दर्भ बाहिर आइरहँदा देउवाले यस्तो बताएका हुन् । ‘कुनै पनि सम्झौता भएको छैन । एमसीसीलाई जोडेर कुरै भएको छैन,’ देउवाले भनेका छन् ।

प्रतिक्रिया