जनमोर्चाको प्रश्न- सांसद शाहीलाई किन बन्दीका रूपमा राखियो ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ । प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेकी हुन् ।

प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि आफ्ना संसद्लाई सरकारले बन्दी बनाएर राखेको जनमोर्चाले आरोप लगाएको छ । ‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’

सरकारी प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आए पनि शाहीलाई कोरोना पोजेटिभ भनेर अस्पताल राखिएको जनमोर्चाको भनाइ छ । शाहीलाई कसरी कोरोना पोजेटिभ देखिएको हो भन्नेबारे पार्टीले भन्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया