नेपाल पक्षका सांसदको बैठक बस्दै

काठमाडौं । पार्टीले स्पष्टीकरण सोधेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको बैठक बस्ने भएको छ ।

मंगलबार ४ बजेका लागि बैठक बोलाइएको नेपाल पक्षका एक सांसदले मकालु खबरलाई जानकारी दिए । बैठक नयाँ बानेश्वरस्थित होटल अर्यालमा बोलाइएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसदहरुको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया