नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई एमालेले सोध्यो स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले) ले २७ जना संघीय सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको छ ।

नेता माधवकुमार नेपाल पक्षका सांसदसहित नेताहरूलाई पठाइएको स्पष्टीकरण पत्रमा एमालेको नाम र चिह्न दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारबाही किन नगर्ने ? भनेर प्रश्न गरिएको छ ।

उनीहरुले छुट्टै राजनीतिक दल गठन गरेको पनि पत्रमा आरोप लगाइएको छ । कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको पत्रमा भनिएको छ‚ ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्रमा सच्चिन अन्तिम मौका भएको भन्दै एमालेको पक्षमा आउने प्रमाण पेश गरेमा त्यसमा पुनर्विचार गर्न सकिने उल्लेख गरिएको छ ।

यससँगै सत्तारुढ एमाले, पार्टी विभाजनतर्फ थप अग्रसर भएको आकलन गरिएको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977072636″ /]

प्रतिक्रिया