रामबहादुर थापा गृहमन्त्रीमा नियुक्त

काठमाडौं । रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले बादललाई गृहमन्त्रीमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गृहमन्त्रीमा नियुक्त गरेकी हुन् ।

उनले आजै साँझ ५ बजे सपथग्रहण गर्नेछन् ।

यसअघि नेकपा माओवादी केन्द्रले बादलले पार्टीविपरीत काम गरेको र अन्य पार्टीका गतिविधिमा सहभागी भएकाले संसद सचिवालयमा संसद पद खारेजका लागि निवेदन दर्ता गराएका थिए । यसपछि आजमात्रै उनी पदमुक्त भएका थिए ।

पदमुक्त बादलको एमाले नेताको हैसियतमा आजै साँझ ५ बजे गृहमन्त्रीको रुपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया