मुख्यमन्त्री शाहीले लिए विश्वासको मत, सरकार जोगियो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्दै विश्वासको मत लिएका हुन् ।

शुक्रवारको प्रदेशसभामा सहभागी ३७ सांसदहरुमध्ये २२ जनाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका छन् भने १५ सांसदले मतदान गरेका थिए ।

  • यो पनिः

मुख्यमन्त्री शाहीलाई कांग्रेसले साथ दिएको थियो । ६ सिट भएको कांग्रेसले साथ दिएसँगै मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल भएका हुन् ।

योसँगै मुख्यमन्त्री शाहीको सरकार जोगिएको छ ।

प्रतिक्रिया