कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

बुधबार बिहान कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन् ।

बुधबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन् । आर्थिक मामिला तथा योजनामन्त्री शाह विदेश भ्रमणमा रहेका छन् भने ऊर्जा तथा जलस्रोत विकासमन्त्री बुढा पनि बैठकमा उपस्थित भएनन् ।

मुख्यमन्त्री कार्यालय पुगेका वन तथा वातावरणमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी भने मन्त्रिपरिषद् बैठकमा सहभागी नभई राजीनामा बुझाएर फर्किएका थिए ।

कर्णाली प्रदेशमा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार सञ्चालनमा छ । सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् । यसअघि दुई दलबीच कर्णाली प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =