जनताको खुसीकै लागि भएपनि मत दिनुस् : मुख्यमन्त्री

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई मत दिए जनता खुसी हुने बताएका छन् । मुख्यमन्त्री शाहीले शुक्रवार संदनबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शाहीले सदनमा प्रस्ताव पेश गर्दै मत मागेका हुन् । ‘जनताको खुसीको लागि नै भएपनि मलाई मत दिनुस्,’ मुख्यमन्त्री शाहीले भनेका छन् ।

प्रदेशमा एमालेले भने मुख्यमन्त्री शाहीविरद्ध मत दिन ह्वीप जारी गरिसकेको छ । ६ सिट भएको कांग्रेसले भने मुख्यमन्त्रीलाई आफ्नो विश्वासको मत दिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया