कर्णालीको विकासका लागि वर्तमान सरकारको निरन्तरता आवश्यक छ : सांसद विष्ट

काठमाडौं । कर्णाली प्रदेशका सांसद बिन्दमान विष्टले कर्णालीको विकास र समृद्धिका लागि वर्तमान सरकारको निरन्तरता आवश्यक रहेको बताएका छन् । शुक्रवार बसेको प्रदेश सभा बैठकमा सांसद विष्टले यस्तो बताएका हुन् । ‘कर्णालीको विकास र समृद्धिका लागि वर्तमान सरकार नै चाहिन्छ,’ बैठकको विशेष समयमा बोल्दै सांसद विष्टले भने, ‘प्रश्नहरु जरुर छन् । तर, कर्णालीको विकास र समृद्धिको चाहनालाई वर्तमान सरकारले मात्रै पूरा गर्न सक्छ ।’

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् भने एमालेले मुख्यमन्त्रीविरुद्ध मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ ।

प्रतिक्रिया