‘फूल बुट्टे सारी’मा अनुराधा कोइरालाको नृत्य, मदनकृष्णकाे प्रशंसा

काठमाडौँ । मदनकृष्ण श्रेष्ठले उनकै गायन रहेको गीत ‘फूल बुट्टे सारी’ मा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले गरेको नृत्यको प्रशंसा गरेका छन् ।

उक्त गीतको लिजेण्डरी भर्जनमा आफ्नो स्वर भरेका गायक श्रेष्ठले भिडियो फेसबुक मार्फत सेयर गर्दै खुसी साटेका हुन् । उनले फेसबुकमा लेखेका छन् – माईती नेपालकी संस्थापिका आदरनिय अनुराधा कोईराला दिदीले पनि “फूलबुट्टे साडी …” गीत बजाएर मंचमा नृत्य प्रस्तूत गर्नु भएको देखेर मेरो त मन नै उज्यालो भो । कस्तो रमाईलो … !!!

श्रेष्ठकाे याे भनाइमा प्रतिकृया दिंदै माइती  नेपालका निर्देशक विश्वराम खड्काले भनेका छन्- ‘धेरै धेरै धन्यबाद मदन दाई -यस्तो मिठो गीत गाइदिनु भएको ले नै अनुराधा दिदी लाई नाचुम नाचुम लगेको नि !’  भिडियाेमा अध्यक्ष अनुराधासँगै निर्देशक खड्का पनि नाचेका छन् ।

राजनराज सिवाकोटीको शब्द/संगीत रहेको याे गीतका विभिन्न भर्जनहरु सार्वजनिक भइरहेका छन् । विदेशी सङ्गीतकर्मीको चासोस्वरूप युगान्डाकी गायिका बियोन्सेले उक्त गीतमा आवाज भरिन् भने त्यस्तै पन्जाबी गायक लक्की सिद्दुले पनि यो गीत गाएका छन् ।

यसैगरि, जागरण घिमिरेले संस्कृत भाषामा समेत फुल बुट्टे सारी गीत ल्याएका छन् ।

प्रतिक्रिया