प्रदूषणले ढाकेको काठमाडौंको आकाश खुलेन (तस्बिरसहित)

काठमाडौं । वायु प्रदूषणले ढाकेको उपत्यकाको आकाश आज पनि खुलेको छैन । हिजो परेको पानीले धुम्म पार्ने गरी ढाकेको धुँवाधुलोको तुँवालो हट्ने आशा गरिएको थियो ।

भारतबाट नेपाल प्रवेश गरेको धुँवाधुलो तथा पर्सा, मकवानपुर, चितवन लगायतका जङ्गलमा लागेको डढेलोका कारण उपत्यकामा वायु प्रदूषण बढेको छ । गएको शुक्रबार काठमाडौँ संसारकै प्रदूषित शहरको तालिकाको शीर्ष स्थानमा दर्ज भयो । वायु प्रदूषण मापन गर्ने स्वीटजरल्याण्डको संस्था आइक्यू एयरको वायु गुणस्तर सूचक (एयर क्वालिटी इन्डेक्स)का अनुसार शुक्रबार दिउँसो काठमाडौं उपत्यकाको वायु गुणस्तरलाई एक सय ९३ अंक दिएको थियो । बढेको वायु प्रदूषणका कारण उपत्यकावासीमा नाक पीरो हुने, आँखा पोल्ने समस्या देखिएको थियो । हिजो रातिसम्म परेको पानीले वायु प्रदूषण केही कम भने भएको छ ।

सरकारले पनि वायु प्रदूषण बढेको भन्दै मंगरबारदेखि चार दिनका लागि विद्यालय बन्द गर्ने निणर्य गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदूषणबाट बच्न मर्निङ वाक नगर्न, काम नपरेसम्म घरबाहिर ननिस्कन र अत्यावश्यक कामका लागि घरबाहिर जानु परे मास्क लगाउन आग्रह गरेको छ ।

तस्बिर हेर्नुहोस्

प्रतिक्रिया