पचास लाखले हेरे ‘फूल बुट्टे सारी’ : मदन कृष्ण श्रेष्ठ दङ्ग

काठमाडौँ । गीत ‘फूल बुट्टे सारी‘ को लिजेन्डरी भर्जनलाई युट्युबमा पचास लाख पटक हेरिएको छ । मदन कृष्ण श्रेष्ठको स्वर रहेको गीतलाई दर्शकले मन पराएर यति धेरै हेरिरहँदा उनी दङ्ग देखिएका छन् । उनले ‘आम्मामा‘ लेख्दै पचास लाख भ्युजको लागि पचास करोड पटक धन्यवाद टक्र्याएका छन् । अन्य भर्जनमा समेत आएको गीतमा शब्द र सङ्गीत भने राजनराज सिवाकोटीको रहेको छ ।

भिडियोमा समेत मदन देखिएका छन् । उनलाई अभिनयमा मिथिला शर्माले साथ दिएकी छन् । दर्शकले मन परेको गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया