पुनरावलोकन दिन सर्वोच्च पुगे प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरूद्ध पुनरावलोकन दिन प्रचण्ड सर्वोच्च पुगेका हुन् ।

प्रचण्डसँगै नेताहरु वर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा छन् । सर्वोच्च अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरेपनि माओवादी केन्द्र आन्तरिक परामर्शमा थियो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

प्रतिक्रिया