ओलीलाई कांग्रेसले विश्वासको मत दिँदैन : रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएका छन् । शनिबार बृहत् नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको अन्तरक्रियामा नेता रिजालले यस्तो बताएका हुन् ।

वर्तमान प्रधानमन्त्री ओलीमाथि शुरुदेखि नै विश्वास नरहेको बताउँदै नेता रिजालले विश्वासको मत दिन नसक्ने प्रष्ट्याए । ‘केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिँदैन,’ नेता रिजालले भनेका छन् ।

प्रतिक्रिया