लोक सेवा आयोग पदाधिकारीविहीन

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगायतको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन भएको छ । अध्यक्षसहित ५ जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोक सेवा आयोग पदाधिकारीविहीन बनेको हो ।

आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको पदावधि सकिएको हो । सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो  । पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएको छ ।

उनीहरू २०७१ चैतमा नियुक्त भएका थिए । यसअघि ७ जनाको आयोग थियो । नयाँ संविधानअनुसार अब ५ जना पदाधिकारी हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को सिफारिसमा सरकारले आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया