कर्मचारी बढुवामा विभेद छ: लोकसेवा अध्यक्ष मैनाली

काठमाडौं । लोकसेवा आयोगले कर्मचारीको बढुवामा विभेद रहेको बताएको छ । कर्मचारीको बढुवाअन्तर्गत आन्तरिक प्रतियोगिता र खुला प्रतियोगिताका सहभागिबिच मै विभेद रहेको आयोगले बताएको हो । आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धाबाट आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने अवस्था रहेको बताएका हुन् ।

आफ्नो कार्यकालको अन्तिम दिन मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मैनालीले निजामति सेवा ऐनको व्यवस्थाका कारण सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेर हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको भन्दै यो विभेद रहेको बताएका हुन् ।
यो विभेद हटाउन आयोगले सुझाव दिएको र यससम्बन्धि विधेयक संघीय संसदमा विचाराधिन रहेको पनि अध्यक्ष मैनालीले जानकारी दिए ।

यसैबिच, लोकसेवा आयोग बुधबार (भोली) बाट पदाधिकारीविहीन हुने भएको छ ।

२०७१ साल चैत ११ गते नियुक्त भएका अहिलेका पदाधिकारीको पदावधि चैत ११ अर्थात बुधबारबाट सकिन लागेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भीर असर पर्ने बताए । पदाधिकारी नुहँदा बढुवाको सबै प्रक्रिया, परीक्षा, नतिजा प्रकाशन, रोकिने अवस्था रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया