राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल–खनाल नजाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी सर्वदलीय बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन् । समूहका नेता योगेशकुमार भट्टराईले मकालु खबरलाई दिएको जानकारीअुनसार नेपाल–खनाल बैठकमा नजाने भएका हुन् ।

बुधबारको राष्ट्रिय भेलाको तयारीका लागि समय अभाव हुने भएकाले बैठकमा नेपाल–खनाल नजाने भएका हुन् । ‘उहाँहरु जानुहुन्न,’ नेता भट्टराईले भनेका छन्, ‘भोलिको भेलाको तयारीका लागि हामीहरु जुटेका छौँ ।’

राष्ट्रपति भणडरीले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेकी छन् । बैठकमा सबै दललाई खबर पठाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

नेपाल–खनाल समूहले भोलि र पर्सि राष्ट्रिय भेला बोलाएको छ ।

प्रतिक्रिया