सिरहा बम विस्फोट : एकजनाले गरे आत्मसमर्पण, १ जनालाई काठमाडौं ल्याइँदै

काठमाडौं । सिरहा बम विस्फोटपछि एकजनाले आत्मसमर्पण गरेका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले मकालु खबरलाई दिएको जानकारीअनुसार रामविलास यादवले आत्मसमर्पण गरेका छन् ।

विस्फोटमा परी ८ जना घाइते भएको र घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको अधिकारी कणेलले बताए । ‘१ जनाको अवस्था गम्भीर छ,’ कणेलले भने, ‘उहाँलाई काठमाडौं पठाउँदै छौँ । हेलिकोप्टर झिकाएका छौँ ।’

सिरहा मालपोत कार्यालयनजिकै विस्फोट भएको बताउँदै कणेलले भने, ‘अनुसन्धान जारी छ । अहिलेसम्म प्रष्ट रुपमा खुलिसकेको छैन । हामी सुक्ष्म अनुसन्धानकै क्रममा छौँ । बिहान १२ बजेपछि घटना भएको हो ।’

प्रतिक्रिया