सिरहामा बम विस्फोट हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर [भिडिओसहित]
२०७७ चैत १ गते
![सिरहामा बम विस्फोट हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर [भिडिओसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/Blast-1.jpg)
सिराहा । सिराहामा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय, सिराहा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले मकालु खबरलाई जानकारी दिए ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको निरौलाको भनाइ छ । ‘हो, विस्फोट भएको हो,’ अधिकारी निरौलाले भने, ‘घाइतेमध्ये १ जनाको अवस्था निकै गम्भीर छ ।’
निरौलाका अनुसार मालपोत कार्यालय, सिरहानजिकै विस्फोट भएको हो । विस्फोटको कारण भने खुलिसकेको छैन । घटनास्थलमा प्रहरी परिचालित भइसकेको पनि निरौलाले जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान हुँदैछ, निरौलाले भने, ‘कारण खुलिसकेको अवस्था चाहिँ छैन । प्रहरी भने पुगेर पनि घटनाबारे जानकारी दिइसकेको छ ।’
२०७७ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








