सहकर्मी छुटाउने पहलमा ‘विप्लव’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कैदी जीवन बिताइरहेका आफ्ना पार्टीका नेताहरुलाई छुटाउने पहलस्वरुप भेट्न थालेका छन् ।

यसैबीच विप्लवले शनिबार केन्द्रीय कारागार नख्खुमा रहेका आफ्नो पार्टीका नेताद्वय हेमन्तप्रकाश वली ‘सुदर्शन’ र भरत बमलाई भेटेका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको छ । सरकार र समूहबीच सहमति पत्रमा हस्ताक्षर भएको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ वलीलाई भेट्न कारागार पुगेका हुन् ।

वली २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । तत्पश्चात् उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया