नेकपाकाे विवाद आइतबार टुङ्गिन सक्छ : प्रमख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार नेकपाको आधिकारिकताको विवाद टुङ्गिन सक्ने बताएका छन् । शुक्रबार विपक्षी नेकपाका नेताहरुसँगको भेटमा प्रमुख आयुक्त थपलियाले नेकपाकाे आधिकारिकताकाे विषयमा छलफल गर्न आयाेगका आयुक्तहरुकाे बैठक बस्ने जानकारी दिएकाे नेकपाका नेता लिलामणी पाेखरेलले मकालु खबरलाई जानकारी दिए ।

दाहाल–नेपाल नेतृत्वका नेता लीलामणि पोखरेलले दिएको जानकारीअनुसार प्रमुख आयुक्त थपलियाले यसलाई आफूले गम्भीरताका साथ हेरिरहेको बताए । ‘आइतबारबाट म यससम्बन्धी प्रक्रिया अगाडि बढाउँछु,’ नेता पोखरेलले थपलियालाई उदृत गर्दै भनेका छन्, ‘सम्भवतः त्यही दिन प्रक्रिया टुङ्गोमा पुग्न सक्छ ।’

विपक्षी नेकपाले निर्वाचन आयोगले विवादबारे यथाशक्य निर्णय गर्नुपर्ने बताइरहेको छ । आगामी २३ फागुनबाट संसद् अधिवेशन शुरु हुँदैन । विपक्षी नेकपाले २३ फागुनभन्दा अगावै विवाद निरुपण हुनुपर्ने बताउँदै आएको छ ।

शुक्रबार ताकेताको विपक्षी नेकपाका नेताहरु पोखरेल, रामनारायण बिडारी, सुरेन्द्र पाण्डेलगायतका नेताहरु आयोग पुगेका थिए । यसअघि गत २० माघमा पनि यो समूहले आयोगलाई ताकेता गरेको थियो ।

प्रतिक्रिया