‘कञ्चन’सँग प्रधानमन्त्रीको ठट्टा– यति छोटो समय जेल बसेर छुट्न पाए पो, म त १४ वर्ष
२०७७ फागुन २१ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सँग ठट्यौली गरेका छन् । शुक्रबार राष्ट्रिय सभागृहको मञ्चमा सँगै रहेका प्रधानमन्त्री ओलीले कञ्चनसँग ठट्यौली गरेका हन् ।
सम्बोधनको शुरुमै कञ्चनतिर हेरेर बोलेका प्रधानमन्त्री ओलीले भनेका थिए–‘यति थोरै जेल बसेर छुट्न पाए पो । म त १४ वर्ष ।’ प्रधानमन्त्री ओलीको उक्त ठट्टाले गृहभरी हाँसो सुनिएको थियो ।
कञ्चन ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट गत २९ पुस २०७७ मा पक्राउ परेका थिए । तत्पश्चात् गत १० फागुनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले छाड्न आदेश दिएको थियो । तर, १० फागुनमा प्रहरीले अदालतबाटै पुनः पक्राउ गरेको थियो ।
२०७७ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








